आईटीमा बालेनले ६ करोड खर्च गरेको चर्चा, स्रोत खोज्नुपर्ने माग

हिमाल प्रेस १९ माघ २०८२ ६:४४ | Monday, February 2, 2026
54
SHARES
आईटीमा बालेनले ६ करोड खर्च गरेको चर्चा, स्रोत खोज्नुपर्ने माग

दमक- नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द थापाले बालेन शाहले सामाजिक सञ्जालको लागि आईटी क्षेत्रमा ६ करोड लगानी गरेको चर्चा चली रहदा लगानीको स्रोत जनताले खोज्नु पर्ने बताएका छन्।

पार्टीको किरात कञ्चन टोल कमिटी दमक ८ ले आज आयोजना गरेको टोल भेलालाई सम्वोधन गर्दै केन्द्रीय सदस्य थापाले धेरै वटा घरमा बेग्लावेग्लै आईटीको अफिस राखेर जनशक्ति सामाजिक सञ्जाल उपयोग गरेको लगानीको स्रोत जनता, नेता र कार्यकर्ता सबैले खोज्नुपर्ने बताएका हुन्। गत भदौ २३ गते स्कुलले विद्यार्थीलाई उक्साएर भीडभाडमा मराउने षडयन्त्रकारी बन्द कोठामा बसेर योजना बनाउने अहिलेको उम्मेद्वार बालेन शाहको गलत कार्यको कार्यकर्ताले भण्डारफोर गर्नुपर्ने बताए।

अहिले मुलुक संकटमा रहेको बेलामा सबैले देश बचाउन एमाले मात्र नभएर सबै राजनीतिक दल र देश भक्तिले आवाज उठाउनुपर्ने नेता थापाले बताए। पार्टीको किरात कञ्चन टोलका अध्यक्ष होम बहादुर कार्कीको अध्यक्षतामा भएको भेलामा आपतमा आतिने र सहजता मातिने भन्दा पनि सबैले केपी शर्मा ओलीलाई जिताउनु पर्ने बताएका छन्।

भेलामा सहभागी पूर्व जनप्रतिनिधि भीमराज केसीले समस्या पर्दा मात्र सम्झिने समय प्रवृत्तिको अन्त गर्न सुझाव दिए। सहभागी फडिन्द्र भटराईले विपक्षीलाई कमजोर ठान्न नहुने बताए।

प्रकाशित: १९ माघ २०८२ ६:४४ | Monday, February 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast