रास्वपाले जनतासँग गरेका यस्ता छन् १०० प्रतिबद्धता

हिमाल प्रेस ७ फागुन २०८२ १५:०८ | Thursday, February 19, 2026
4
SHARES
रास्वपाले जनतासँग गरेका यस्ता छन् १०० प्रतिबद्धता

काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णालीबाट घोषणपत्र सार्वजनिक गरेको छ। कर्णालीको राजधानी सुर्खेतमा परिवर्तन उद्घोष सभा गर्दै घोषणापत्र सार्वजनिक गरेको हो।

सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), उपसभापतिद्वय डोलप्रसाद अर्याल (डीपी), डा. स्वर्णिम वाग्लेलगायतका नेताहरू घोषणापत्र सार्वजनिक गरेका थिए।

रास्वपाले घोषणापत्रलाई वाचापत्रको नाम दिएको छ। रास्वपाले थिति बसाल्ने संकल्प भन्दै रूपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधारहरू तय गरेको छ। जसमा विभेद् अन्त्यका लागि ठोस कानुनी, नीतिगत र संस्थागत सुधार अघि बढाउने, जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख हुने सुझाव र सिफारिस कार्यान्वयन गर्ने, सार्वजनिक सेवामा सुधार, २०४६ पछि सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने, अवैध रूपमा आर्जन गरिएका सम्पत्तिहरू जफत र राष्ट्रियकरण गर्नेलगायत समेटिएका छन्।

त्यस्तै सरकारी सेवाभित्रको दलगत ट्रेड युनियन व्यवस्था खारेज गर्ने, न्यायाधीश नियुक्ति प्रक्रियामा दलगत प्रभाव, भागवण्डामा आधारित सिफारिसजस्ता प्रवृत्तिको अन्त्य गर्दै मेरिटोक्रेसी र प्रतिस्पर्धात्मक प्रणालीमा आधारित नीतिगत व्यवस्था अवलम्बन गर्नेलगायत वाचापत्रमा समेटिएको छ।

साथै आर्थिक समृद्धि, कृषि आधुनिकीकरण, ऊर्जा विकास, र गुणस्तरीय शिक्षा तथा स्वास्थ्य क्षेत्रका लागि कार्ययोजनाहरू समेटिएका छन्। वाचापत्रमा  न्यायिक सुधार, वैदेशिक नीतिमा सन्तुलन र जलवायु परिवर्तन जस्ता समसामयिक चुनौतीहरूलाई सम्बोधन गर्ने संकल्प गरिएको छ।

हेर्नुहोस् वाचापत्र

प्रकाशित: ७ फागुन २०८२ १५:०८ | Thursday, February 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast