रास्वपा बागमती उपसभापतिले छाडे पार्टी

हिमाल प्रेस ७ फागुन २०८२ १२:०९ | Thursday, February 19, 2026
6
SHARES
रास्वपा बागमती उपसभापतिले छाडे पार्टी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले पार्टीको प्रदेश उपसभापति पद र साधारण सदस्यताबाट राजीनामा दिएका छन्।

उनी ०७९ को प्रतिनिधिसभा निर्वाचनमा एवं काभ्रे– २ का उम्मेदवार भएका थिए। बिहीबार दिएको राजीनामामा उनले पार्टीभित्र संरचनागत विकृति मौलाउँदै गएको, आन्तरिक लोकतन्त्रमा ह्रास आएको, आर्थिक अपारदर्शिता र नेतृत्वस्तरमा नैतिक विचलन आएकोले आफूले यो निर्णय लिएको उल्लेख गरेका छन्।

हुमागाईँले उम्मेदवार छनोट प्रक्रिया विधान, मापदण्ड र आन्तरिक लोकतन्त्रविपरीत सञ्चालन गरिएको आरोप पनि लगाएका छन्। वर्षौँदेखि पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाई अन्य दलबाट आएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको उनको उनको भनाइ छ।

प्रकाशित: ७ फागुन २०८२ १२:०९ | Thursday, February 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast