दुर्गा प्रसाईं। फाइल तस्बिर।
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजावादी अभियन्ता दुर्गा प्रसाईलाई बिना सर्त रिहा गर्न माग गरेको छ । राप्रपाका अध्यक्ष राजेन्द लिङ्देनले विज्ञप्तिमार्फत प्रसाईलाई निशर्त रिहाइका लागि माग गरेका छन्। प्रसाईलाई रिहा गर्न माग गरेका छन्।
‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईलाई दुःख दिने नियतबाट पटक पटक पक्राउ गर्नु आश्चर्यको विषय हो,’ अध्यक्ष लिङ्देनले लेखेका छन्, ‘राज्यले एउटा व्यक्तिमाथि प्रतिशोध साँध्नु अनुचित छ । प्रसाईलाई बिना सर्त रिहा गरियोस् ।’
प्रसाईलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
प्रकाशित: २५ माघ २०८२ ८:३६ | Sunday, February 8, 2026
प्रतिक्रिया



