रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’ बन्ने, महाशिवरात्रिमा गरिन् दुई पोस्टर सार्वजनिक

हिमाल प्रेस ३ फागुन २०८२ १२:४५ | Sunday, February 15, 2026
26
SHARES
रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’ बन्ने, महाशिवरात्रिमा गरिन् दुई पोस्टर सार्वजनिक

काठमाडौँ- अभिनेत्री तथा फिल निर्देशक रेखा थापाले नयाँ फिल्म बनाउने भएकी छन्। उनले आफ्नो तेस्रो निर्देशकीय फिल्मको नाम घोषणा गरेकी छन्।

फिल्मको नाम ‘माया भनेकै यस्तो होला’ राखिएको छ। महाशिवरात्रिको अवसरमा काठमाडौँमा कार्यक्रम गर्दै फिल्मको नाम घोषणा गरिएको हो।

अभिनेत्री रेखाले निर्देशन गर्ने फिल्मका लेखक ध्रुव लम्साल हुन्। फिल्ममा निर्माता हरि नारायण श्रेष्ठ र मायादेवी श्रेष्ठ हुन्। फिल्म दिया एन्ड अमुको प्रस्तुतीमा बन्न लागेको हो।

फिल्मा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठलगायत कलाकारकाे अभिनय रहनेछ।

प्रकाशित: ३ फागुन २०८२ १२:४५ | Sunday, February 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast