रास्वपा नुवाकोटका नेताले छाडे पार्टी

हिमाल प्रेस ९ फागुन २०८२ १३:२६ | Saturday, February 21, 2026
16
SHARES
रास्वपा नुवाकोटका नेताले छाडे पार्टी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटका नेता अशोककुमार थापाले पार्टी परित्याग गरेका छन् । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

थापाले फेसबुकमार्फत् राष्ट्रिय स्वतन्त्र पार्टी बिचार र सिद्धान्तबाट च्यूत हुँदै गइरहेको र नेतृत्व नीतिबाट नभई आशिर्बादबाट चयन हुन थालेकाले पार्टी परित्याग गरेको बताएका छन् ।

थापा २०७९ सालको निर्वाचनदेखि रास्वपा नुवाकोटको जिल्ला सदस्य र बिदुर नगर इन्चार्जको रुपमा क्रियाशील थिए ।

प्रकाशित: ९ फागुन २०८२ १३:२६ | Saturday, February 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast