जनताले खोजेको विकल्प हो रास्वपा : रवि लामिछाने

हिमाल प्रेस ७ फागुन २०८२ १६:१९ | Thursday, February 19, 2026
12
SHARES
जनताले खोजेको विकल्प हो रास्वपा : रवि लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जनताले खोजेको विकल्प रास्वपा भएको बताएका छन्। बिहीबार कर्णालीको राजधानी सुर्खेतमा भएको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले अरूले धेरै वर्षसम्म पनि मौका पाएर पनि जनताका आकांक्षा पूरा गर्न नसकेपछि आफूहरू जनताले खोजेको विकल्प भएको बताएका हुन्।

साथै उनले बहुमतको स्थायी सरकार दिन नसके मुलुक अप्ठ्यारो ठाउँमा पुग्न सक्ने बताए। लामिछानेले रास्वपाले सरकार बनाएपछि गर्ने काममा जनताले आशंका गर्न नपर्ने दाबी गरे।

‘देश आँखै अगाडि नर्क हुन लागेकाले रोक्न खोजेको हो, नेपाललाई नेपाल बनाउन खोजेको हो, कर्णालीलाई कर्णाली बनाउन खोजेको हो,’ उनले भने, ‘पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो।’ उनले कानुनी राज्य स्थापित गर्ने, थिति बसाल्ने र गलत पनि नगर्ने, गर्न पनि नदिने प्रतिबद्धता जनाए।

त्यस्तै रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले कर्णालीको विकासका लागि उत्पादनलाई कम्तीमा पनि देशभर पुर्‍याउने पार्टी बन्न चाहेको बताए।

कर्णालीको दु:खलाई बेच्ने नेता धेरै आए पनि दु:ख बुझ्ने नेता आउन नसकेकाले रास्वपा जनताको पार्टी बन्न खोजेको उनको भनाइ छ।

उनले कर्णालीको प्रचुर सम्भावनालाई वृद्धि गर्नका लागि जनताको साथ प्राप्त बताए।

सो कार्यक्रममा रास्वपा ले वाचापत्र नाममा आफ्नो चुनावी घोषणपत्र पनि सार्वजनिक गरेको छ।

प्रकाशित: ७ फागुन २०८२ १६:१९ | Thursday, February 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast