रास्वपाकी जिल्ला उपसभापति कांग्रेसमा

हिमाल प्रेस १९ माघ २०८२ ८:१२ | Monday, February 2, 2026
20
SHARES
रास्वपाकी जिल्ला उपसभापति कांग्रेसमा

काठमाडौँ- कुनैबेला कांग्रेसबाटै राजनीति गरेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की जुम्ला उपसभापति तारा शाही नेपाली कांग्रेसमा फर्किएकी छिन्। रास्वपाको राजनीतिक गतिविधिप्रति असन्तुष्टि जनाउँदै उपसभापति शाही कांग्रेसमा फिर्ता भएकी हुन् ।

उनलाई कांग्रेसकी केन्द्रीय सदस्य रामुदेवी खड्काले खादा र अबिर लगाएर पार्टीमा स्वागत गरिन् । उनले कांग्रेसमा उपसभापति शाहीको प्रवेशले उर्जा मिलेको प्रतिक्रिया दिइन् ।

उपसभापति शाही कांग्रेस पार्टीबाटै रास्वपामा प्रवेश गरेर उपसभापति बनेकी थिइन् । उनलाई घर फर्काएको जुम्ला कांग्रेसले जनाएको छ ।

 

प्रकाशित: १९ माघ २०८२ ८:१२ | Monday, February 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast