काठमाडौँ- नेपालमा प्रदर्शनरत फिल्म ‘रमिताको पिरती’ भारतमा पनि प्रदर्शन हुने भएको छ।
भारतमा कन्सर्ट र फेसनका इभेन्ट गर्दै आएको कम्पनी इन्फिनिटी इभेन्ट एन्ड इन्टरटेनमेन्टले फिल्मको प्रदर्शन अधिकार खरिद गरेको निर्माण टिमले जनाएको छ।
टिमका अनुसार फिल्म आगामी मार्च दोस्रो सातादेखि भारतका हलमा प्रदर्शन हुनेछ।
‘रमिताको पिरती’ले युवा युवतीको प्रेम, बिछोड र आत्ममन्थनको विषयलाई रोचक शैलीमा प्रस्तुत गरेको छ।
फिल्मलाई नेपाली दर्शकले फिल्मको कथा वाचन र आफैँले आफूलाई माया गर्नुपर्छ भन्ने सन्देश मन परेको प्रतिक्रिया दिइरहेका छन्।
सुदिप्ताको निर्देशनमा बनेको फिल्ममा आना शर्मा, विनय श्रेष्ठ, धिरज मगर, समिर श्रेष्ठ, रेनु योगीऽ सुधन पाेखरेललगायत कलाकारले अभिनय गरेका छन्।
प्रकाशित: ४ फागुन २०८२ १६:२५ | Monday, February 16, 2026
प्रतिक्रिया




