जेनजी आन्दोलनमा जलाइएको पुर्ख्यौली घर पुगे रमेश लेखक

हिमाल प्रेस १९ माघ २०८२ १२:३० | Monday, February 2, 2026
8
SHARES
जेनजी आन्दोलनमा जलाइएको पुर्ख्यौली घर पुगे रमेश लेखक

काठमाडौँ- पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनको पाँच महिनापछि सोमबार बिहान कञ्चनपुरको बेदकोट नगरपालिका–८ मा रहेको पुर्ख्यौँली घर पुगेका छन्। जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते उनको पुर्खौली घर आन्दोलनकारीले आगजनी गरी पूर्णरूपमा नष्ट गरेका थिए।

आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा पार्टी उम्मेदवारको पक्षमा माहोल बनाउन गृहनगर पुगेका कांग्रेसका नेता समेत रहेका पूर्वगृहमन्त्री लेखकले जलेको घरको अवस्थाबारे स्थलगत जानकारी लिए।

लेखकको काठमाडौँको नैकापमा रहेको घर, बेदकोट नगरपालिका–८ मा रहेको पुर्खौली घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। भने महेन्द्रनगरस्थित बजारमा रहेको घर मर्मतसम्भार गरि उनी आश्रय लिइरहेका छन्। पहिलो पटक पुर्खौली घर पुगेका नेता लेखकले स्थानीयसित साक्षात्कार समेत गरे। स्थानीयबासीले गाउँमा भइरहेको सडक पुर्वाधार लगायतका विकासका बारेमा जानकारी गराएका थिए।

कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ बाट २०७९ सालको निर्वाचनमा जित हासिल गर्दै गृहमन्त्री बनेका लेखक यसपटक भने उम्मेदवार छैनन्। नेपाली कांग्रेसले डडेल्धुरामा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेता लेखकलाई टिकट दिएन।

पार्टीले यहाँ पूर्व जिल्ला पार्टी सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएपछि नेता लेखकले चुनावी भेटघाटलाई तिव्रता दिएका छन्।

प्रकाशित: १९ माघ २०८२ १२:३० | Monday, February 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast