बालेनलाई रक्षा बमको जबाफ : फोहोर व्यवस्थापन गर्न नसक्नु कमजोरी हो, भूराजनीतिक अवस्था भएको देशमा अन्तर्राष्ट्रिय चासो हुनु स्वाभाविक

हिमाल प्रेस ५ फागुन २०८२ ७:१३ | Tuesday, February 17, 2026
2
SHARE
बालेनलाई रक्षा बमको जबाफ : फोहोर व्यवस्थापन गर्न नसक्नु कमजोरी हो, भूराजनीतिक अवस्था भएको देशमा अन्तर्राष्ट्रिय चासो हुनु स्वाभाविक

काठमाडौँ- जेनजी अभियन्ता रक्षा बमले भूराजनीतिक अवस्था भएको देशमा अन्तर्राष्ट्रिय चासो हुनु स्वाभाविक भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहलाई जवाफ फर्काएकी छन्। काठमाडौँ महानगरका पूर्व मेयर समेत रहेका बालेनले चुनावी प्रचारप्रसारका क्रममा विदेशी चलखेलका कारण काठमाडौँको फोहर सफा गर्न नसकिएको अभिव्यक्ति दिएका थिए। त्यसको जवाफमा बमले फोहोर व्यवस्थापन गर्न नसक्नु प्रशासनिक कमजोरी भएको बताइन् ।

‘संस्था कमजोर हुनु हाम्रो नीतिगत असफलता हो। नेतृत्व जवाफदेही नहुनु हाम्रो राजनीतिक संस्कारको समस्या हो। देशका समस्या एकैछिनमा वा एकैदिनमा समाधान हुँदैनन् भन्ने बुझ्नु र सोहीअनुसार आफ्ना राजनीतिक मुद्दा तय गरी समस्या पहिचान गरेर त्यसको समाधानका लागि स्पष्ट योजना बनाउनु नै नेतृत्वको पहिलो साहस हो,’उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्।

आफ्नो राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र स्वतन्त्रतामा सम्झौता नगरी मित्र राष्ट्रहरूसँग सन्तुलित, परिपक्व र सम्मानजनक कूटनीतिक सम्बन्ध राख्नुपर्ने बताइन्।

उनले स्वाभाविक चासो र प्रत्यक्ष हस्तक्षेप दुई फरक फरक कुरा भएको समेत जेनजी अभियन्ता बमले बताइन्।

प्रकाशित: ५ फागुन २०८२ ७:१३ | Tuesday, February 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast