काठमाडौँ- शुक्रबार अर्थात् फागुन १५ देखि हलमा नेपाली र अंग्रेजी गरी दुई फिल्म प्रदर्शनमा आएको छ। ‘प्रवासी जीवन’ र अंग्रेजी ‘स्क्रिम ७’।
‘प्रवासी जीवन’ मा अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरूको संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ। फिल्म श्याम क्षेत्री र राम अधिकारीले निर्देशन गरेका छन्।
फिल्ममा राजेश हमाल, सरिता लामिछाने, बुद्धि तामाङ, महादेव अधिकारी, एञ्जेला बस्नेत, गगन सुवेदी, लोकेश भित्रिकोटी लगायतका कलाकाले अभिनय गरेका छन्। फिल्म रविन आचार्यको लगानीमा बनेको हो।
अंग्रेजी फिल्म ‘स्क्रिम ७’ पनि फागुन १५ देखि नेपालमा प्रदर्शन भइरहेको छ। हरर जनरामा बनेको फिल्म केभिन विलियमसनले निर्देशन गरेका हुन्। फिल्ममा नेभ क्याम्पबेल, कोर्टनी कोक्स, म्याकेना ग्रेसलगायत कलाकारले अभिनय गरेका छन्।
प्रकाशित: १५ फागुन २०८२ १३:३४ | Friday, February 27, 2026
प्रतिक्रिया





