राजेन्द्र राईस मिललाई ५० हजार ५०० को जरिवाना

हिमाल प्रेस २६ माघ २०८२ ७:०० | Monday, February 9, 2026
2
SHARE
राजेन्द्र राईस मिललाई ५० हजार ५०० को जरिवाना

काठमाडौँ- नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५० हजार ५०० बराबरको जरिवाना गरेको छ।स्थलगत अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले राजेन्द्र राईस मिललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम कारवाही गरेको हो।

स्वस्तिक नेपाल ट्रेडिङ प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। विभागले आइतबार कूल काठमाडौँ, ललितपुरका विभिन्न २१ फर्ममा अनुगमन गरेको थियो।

स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको सहकार्यमा विभागले स्थलगत अनुमगन गरेको हो । विभागले गरेको कूल फर्ममध्ये २० वटालाई भने सुधारात्मक निर्देशन दिएको छ।
–––

प्रकाशित: २६ माघ २०८२ ७:०० | Monday, February 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast