राजेन्द्र खड्गी बने हिमाचल इन्डिया वर्ल्ड वाइडको ब्रान्ड एम्बासडर

हिमाल प्रेस २९ माघ २०८२ ११:५८ | Thursday, February 12, 2026
18
SHARES
राजेन्द्र खड्गी बने हिमाचल इन्डिया वर्ल्ड वाइडको ब्रान्ड एम्बासडर

काठमाडौँ- नेपालका चर्चित भिलेन अभिनेता राजेन्द्र खड्गी हिमाचल इन्डिया वर्ल्ड वाइड प्रा‍‍. लि. काे  ब्रान्ड एम्बासेडर बनेका छन्।

कम्पनीले नेपाल र भारतका लागि ब्रान्ड एमबासेडरका रूपमा अभिनेता खड्गीलाई नियुक्त गरेको हाे।

नियुक्तिपछि अभिनेता खड्कीले भने, ‘यो कम्पनीले नेपालमा आधुनिक आवासीय संरचनालाई प्रवर्द्धन गर्दै पर्यटन र व्यवसाय दुवैलाई सहज बनाउन काम गर्नेछ।’

कम्पनीका कमल लामाले कार्यालय नेपालमा औपचारिक रूपमा स्थापना भइसकेको जानकारी दिए। उनले नेपालमा नयाँ व्यवस्थापन प्रणालीअनुसार काम अघि बढाइने र दुबै देशमा पर्यटन प्रवर्द्धनलाई सहज बनाउने योजना रहेको बताए।

कम्पनीले डोम हाउस, रेडिमेड हाउस तथा क्याप्सुल हाउस निर्माणको काम गरिरहेको छ।

कम्पनीले आगामी दिनमा नेपाल र भारतका बजारमा आफ्नो उत्पादन र सेवाको विस्तार गर्दै आधुनिक र गुणस्तरीय आवासीय संरचनालाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।

प्रकाशित: २९ माघ २०८२ ११:५८ | Thursday, February 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast