रवीन्द्र मिश्रलाई समर्थन गर्दै काठमाडौँ १ का राजानन्द माण्डव्यले लिए उम्मेदवारी फिर्ता

हिमाल प्रेस २७ माघ २०८२ ७:२६ | Tuesday, February 10, 2026
10
SHARES
रवीन्द्र मिश्रलाई समर्थन गर्दै काठमाडौँ १ का राजानन्द माण्डव्यले लिए उम्मेदवारी फिर्ता

काठमाडौँ- राप्रपाका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौँ क्षेत्र नं १ का उम्मेदवार रवीन्द्र मिश्रलाई समर्थन गर्दै अर्का एक उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।

स्वतन्त्र उमेदवार साथै राष्ट्रिय पोशाक तथा झण्डा अभियानका परिचित अभियन्ता राजानन्द माण्डव्यले मिश्रलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन्। आगामी फागुन २१ मा हुने निर्वाचन हुँदैछ।

मिश्र यही क्षेत्रमा तेस्रो पटक भिड्दैछन्। यसअघिका दुई निर्वाचनमा मिश्रले कांग्रेस नेता प्रकाशमान सिंहसँग झिनो मतले पराजित बनेका थिए। अहिले कांग्रेसबाट सिंह प्रतिस्पर्धामा नहुँदा कांग्रेसबाट प्रबल थापा, एमालेबाट मोहनराज रेग्मी, रास्वपाले रञ्जु दर्शना (न्यौपाने), नेकपा मेनुका भण्डारी (कृतु) लगायत उम्मेदवार छन्।

प्रकाशित: २७ माघ २०८२ ७:२६ | Tuesday, February 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast