राष्ट्रियसभामा आज श्रममन्त्रीसँग सवाल जबाफ

हिमाल प्रेस २६ माघ २०८२ ९:३० | Monday, February 9, 2026
6
SHARES
राष्ट्रियसभामा आज श्रममन्त्रीसँग सवाल जबाफ

काठमाडौँ- राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ। दिउँसो सवा १ बजे बस्ने बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ मन्त्री अनिलकुमार सिन्हाले दिनेछन्।

यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समेत सम्हालेका मन्त्री सिन्हाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पर्यटन विधेयक, २०८१ माथि छलफल गरी पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

विधायन व्यवस्थापन समितिका सभापति तुसला कुमारी दाहालले समाजिक सन्जाल विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने र राष्ट्रियसभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव पारित गर्ने पनि कार्यसूची छ ।

प्रकाशित: २६ माघ २०८२ ९:३० | Monday, February 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast