जसपा केन्द्रीय सदस्यसहित समानुपातिक उम्मेदवार कांग्रेसमा प्रवेश

हिमाल प्रेस ३ फागुन २०८२ १६:२९ | Sunday, February 15, 2026
8
SHARES
जसपा केन्द्रीय सदस्यसहित समानुपातिक उम्मेदवार कांग्रेसमा प्रवेश

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का समानुपातिक उम्मेदवारसमेत रहेका केन्द्रीय सदस्यसहित नेताहरू नेपाली कांग्रेमा प्रवेश गरेका छन् ।

जसपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार नानु थामी, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार सुस्मिता थापामगरसहितका नेताहरू कांग्रेसमा प्रवेश गरेका छन्।

कांग्रेस पार्टी कार्यालय बीपीनगर सानेपामा आइतबार उपसभापति विश्वप्रकाश शर्माले नवप्रवेशी नेताहरूलाई स्वागत गरे।

थामी र थापा मगरसहित कांग्रेसमा प्रवेश गर्नेहरुमा जसपा बागमती प्रदेश सदस्य सुवास तामाङ, गण्डकी प्रदेश समिति सदस्य फुलमाया पुन, नवलपरासी जिल्ला सचिव कुलबहादुर थापा मगर, जिल्ला कोषाध्यक्ष नानीमाया महतो, जिल्ला सदस्यहरू ज्ञानेन्द्र पुन, टिकाराम माझीसहित नवलपरासीका ४२ जना जिल्ला स्तरिय नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन्।

दोलखा–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष गणेश थामी, तामसालिङ राष्ट्रिय समितिका केन्द्रीय सदस्य उपेन्द्र कार्की, दोलखा जिल्ला कार्यसमिति दसदस्य केशव थामी, शम्भु थामी, संघीय समाजवादी महिला महासंघकी शुशीला थामीसहित दर्जनौँ नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेको कांग्रेसले जनाएको छ।

बदलिएको कांग्रेसबाट मात्रै मुलुकको समस्या समाधान हुने विश्वासका साथ नेताहरू कांग्रेसमा समाहित भएको नवप्रवेशी नानु थामीले बताइन्।

जनताको मागअनुसार देशको अवस्था बदल्ने अभियानमा सँगसँगै हिँड्नका लागि कांग्रेस पार्टीनै सबैभन्दा बलियो र विश्वासिलो भएकाले कांग्रेस रोजेको उनको भनाइ छ।

नव प्रवेशी नेताहरूलाई कांग्रेसले उचित जिम्मेवारीसहित स्वागत गरेको पार्टी प्रवक्ता देवराज चालिसेले बताए।

प्रकाशित: ३ फागुन २०८२ १६:२९ | Sunday, February 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast