प्रतिनिधिमूलक तस्बिर
बैंकक- दक्षिणी थाइल्यान्डको सोङ्खला प्रान्तमा बुधबार भएको गोली हानाहानमा प्रधानाध्यापकको मृत्यु भएको छ।
विद्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानाध्यापकको मृत्यु भएको पुष्टि गरेको हो।
रोयल थाई प्रहरीले बिहीबार सामाजिक सञ्जालमार्फत आक्रमणमा एक जना प्रिन्सिपलको मृत्यु हुनुका साथै दुई जना विद्यार्थी घाइते भएको पुष्टि गरेको छ।
प्रहरीका आसुर संदिग्ध १७ वर्षीय स्थानीय पुरुषलाई हिरासतमा लिइएको छ। अपराधीले प्रहरीबाट चोरी गरेको राइफलले अपराध गरेका थिए ।
सोङख्ला प्रान्तीय जनसम्पर्क कार्यालयले यस अघि एक बन्दुकधारीले हाट याई जिल्लाको एक विद्यालयमा आक्रमण गरी गोली चलाएको र शिक्षक तथा विद्यार्थीहरूलाई बन्धक बनाएको बताएको थियो।
प्रकाशित: २९ माघ २०८२ १४:५० | Thursday, February 12, 2026
प्रतिक्रिया



