सुनिल थापाको निधनले प्रधानमन्त्री स्तब्ध

हिमाल प्रेस २४ माघ २०८२ १४:०४ | Saturday, February 7, 2026
10
SHARES
सुनिल थापाको निधनले प्रधानमन्त्री स्तब्ध

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले सुनिल थापाको असामयिक निधनको खबरले स्तब्ध बनाएको बताएकी छन्। उनले थापाको निधनले नेपाली र भारतीय चलचित्र जगतले एक बहुआयामिक कलाकार मात्र नभई दरिलो खम्बा गुमाएको बताइन्।

प्रधानमन्त्री कार्कीले ‘चिनो’का राते काइँलादेखि ‘मेरी कोम’का प्रशिक्षकसम्ममा उनका खलनायक र सहनायकका उम्दा भूमिकाले करोडौँका मन जित्न सफल भएका बताएकी छन्।

प्रधानमन्त्री कार्कीले शोक सन्देश जारी गर्दै कलाकार थापाका हरेक चरित्र हामी दर्शकका स्मृतिमा सदैव जीवित रहने बताएकी छन्।

प्रकाशित: २४ माघ २०८२ १४:०४ | Saturday, February 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast