काठमाडौँ– महाशिवरात्रिका अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथको दर्शन गरी पूजाआराधना गरेकी छन्।
त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा र काठमाडौँ महानगरपालिकाका कार्यबाहक नगर प्रमुख सुनिता डङ्गोलले पनि शिवरात्रि पर्वको दिन पशुपतिनाथको दर्शन तथा पूजाआराधना गरेका छन्।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेल पनि पशुपति पुगेर पूजाअराधना गरेका थिए।
प्रकाशित: ३ फागुन २०८२ २०:२७ | Sunday, February 15, 2026
प्रतिक्रिया




