पोखरा विश्वविद्यालयमा प्रधानमन्त्री

हिमाल प्रेस ८ फागुन २०८२ १४:१५ | Friday, February 20, 2026
28
SHARES
पोखरा विश्वविद्यालयमा प्रधानमन्त्री

गण्डकी- प्रधानमन्त्री सुशीला कार्की पोखरा विश्वविद्यालय आइपुगेकी छन्।

पोखरा विश्वविद्यालयको २१ औँ दीक्षान्त समारोहमा सहभागी बन्न आएका विश्विद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले दीक्षान्त समारोह अघि विश्वविद्यालयको २१ औँ विशेष सभाको अध्यक्षता गर्नेछन्। सभाले दीक्षान्त समारोहमा उपाधि पाउनयोग्य विद्यार्थीको ग्रेस लिस्ट पारित गर्नेछ।

दीक्षान्त समारोहमा सहभागी बनी आजै (शुक्रबार) प्रधानमन्त्रीले निर्वाचनका सम्बन्धमा प्रदेशस्तरीय सुरक्षा लगायतका विषयमा छलफल गर्ने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए।

दीक्षान्त समारोहमा प्रधानमन्त्रीले विद्यार्थीलाई दीक्षित गराउनुका साथै उत्कृष्ट विद्यार्थीलाई विभिन्न पदकबाट पुरस्कृत गर्ने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ।

प्रकाशित: ८ फागुन २०८२ १४:१५ | Friday, February 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast