राष्ट्रपतिद्वारा अभिनेता थापाकाे परिवारलाई समवेदना : ‘सुनिलको योगदान प्रेरणाको स्रोत’

हिमाल प्रेस २८ माघ २०८२ १६:१४ | Wednesday, February 11, 2026
22
SHARES
राष्ट्रपतिद्वारा अभिनेता थापाकाे परिवारलाई समवेदना : ‘सुनिलको योगदान प्रेरणाको स्रोत’

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अभिनेता सुनिल थापाको योगदान भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहेको बताएका छन्।

राष्ट्रपति पौडेलले थापाका परिवारलाई बुधबार पठाएको समवेदना सन्देशमा उक्त प्रसँग उल्लेख गरेका हुन्।

अभिनेता थापाको निधनले आफू दुःखी भएको बताउँदै उनले फिल्म क्षेत्रमा देशभित्र र बाहिरका दशर्कले समेत सधैँ सम्झिरहने बताएका छन्। साथै उनले थापाको निधनले नेपाली फिल्म क्षेत्रमा अपूरणीय क्षति पुगेको पनि उल्लेख गरेका छन्।

‘अभिनय, मोडलिङ, खेलकुद र फिल्म क्षेत्रमा योगदान दिनुभएका थापा लाखौं दर्शकको मन जित्न सफल हुनुहुन्थ्यो। उहाँको अभिनयले सांगीतिक, क्रान्तिकारी तथा सामाजिक विषयका फिल्ममा गहिरो प्रभाव पारेको छ’, समवेदना सन्देशमा लेखिएको छ।

राष्ट्रपति पौडेलले स्वर्गीय थापाको आत्माको चीरशान्तिको कामनासहित उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल र प्रमुख स्वकीय सचिव अवज्ञा पौडेलले थापाका परिवारलाई निवासमा पुगेर समवेदना सन्देश हस्तान्तरण गरेका थिए।

प्रकाशित: २८ माघ २०८२ १६:१४ | Wednesday, February 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast