भोजप्रसाद भट्टराईप्रति राष्ट्रपतिको श्रद्धाञ्जली

हिमाल प्रेस २७ माघ २०८२ १६:१९ | Tuesday, February 10, 2026
22
SHARES
भोजप्रसाद भट्टराईप्रति राष्ट्रपतिको श्रद्धाञ्जली

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईका पिता भोजप्रसाद भट्टराईको निधनको खबरले आफू दुःखी भएको बताउँदै उनी एक असल र सदाचारी समाजसेवी भएको स्मरण गरेका छन्।

‘श्री विन्ध्यवासिनी निमावी खोप्लाङका संस्थापक भोजराज गाउँघरका दीनदुःखीहरूलाई सहयोग गर्दै उनीहरूलाई अभिभावकीय भूमिका निर्वाह गर्ने एक असल र सदाचारी समाजसेवी हुनुहुन्थ्यो’, राष्ट्रपति पौडेलले आज परिवारजनलाई पठाएको समवेदना सन्देशमा उल्लेख गरेका छन्।

उनले स्वर्गीय भोजराजको आत्माको चीरशान्तिको कामनासहित उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्।

सो समवेदना सन्देश राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल र प्रमुख स्वकीय सचिव अवज्ञा पौडेलले पूर्वप्रधानमन्त्री डा.भट्टराईलाई हस्तान्तरण गरेका थिए।

प्रकाशित: २७ माघ २०८२ १६:१९ | Tuesday, February 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast