बस दुर्घटनाको खबरले प्रचण्ड स्तब्ध

हिमाल प्रेस ११ फागुन २०८२ ८:१७ | Monday, February 23, 2026
10
SHARES
बस दुर्घटनाको खबरले प्रचण्ड स्तब्ध नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ- धादिङको बेनिघाटस्थित त्रिशूली नदीमा दुर्घटना भएको रात्रिबसमा परेका मृतकप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दु:ख व्यक्त गरेका छन्। आज राति मात्रै धादिङको बेनिघाट रोराङ गाउँपालिका– ७ स्थित चरौदीनजिक बस दुर्घटना हुँदा २८ जनाको ज्यान गएको छ।

दुर्घटनाको खबरले मर्महात भएको प्रचण्डले सामाजिक सञ्जालमा जनाएका छन् । ‘पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ठूलो मानवीय क्षति भएको दुःखद खबरले म अत्यन्त मर्माहत भएको छु’, उनले लेखेका छन् ।

उनले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रदाञ्जली अर्पण गरेका छन् भने घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका छन् । साथै, उनले घाइतेहरूको उद्दार र प्रभावकारी उपचारको प्रबन्ध मिलाउन सरकारसमक्ष आग्रह गरेका छन् ।

त्यस्तै, उनले राहत तथा उद्धार कार्यमा आवश्यक सहयोग पुर्‍याउन पार्टीका नेता र कार्यकर्तालाई सक्रिय रूपमा परिचालन हुन निर्देशन दिएका छन् ।

प्रकाशित: ११ फागुन २०८२ ८:१७ | Monday, February 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast