चुनाव नहुने भ्रम फैलाइएकोमा प्रचण्डको आपत्ति

हिमाल प्रेस ९ फागुन २०८२ १७:२९ | Saturday, February 21, 2026
8
SHARES
चुनाव नहुने भ्रम फैलाइएकोमा प्रचण्डको आपत्ति नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इतिहासमा फ्याँकिएका केही मान्छेहरूले चुनाव नहुने भ्रम फैलाइरहेको भन्दै आपत्ति जनाएका छन्।

नेकपा दोलखा-काठमाडौँ सम्पर्क निर्वाचन परिचालन कमिटीले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले चुनाव हुने निश्चित भइसकेको अवस्थामा नेपाली जनक्रान्तिद्वारा इतिहासमा फ्याँकिएका केही मान्छेहरूले चुनाव नहुने भ्रम फैलाइरहेको भन्दै आपत्ति जनाएका हुन्।

उनले चुनाव नहुने हल्ला र प्रचारका पछाडि नलाग्न र दृढतापूर्वक निर्वाचनको तयारीमा जुट्न अपिल गरे।

प्रचण्डले निर्वाचन मिति नजिकिँदै गर्दा प्रतिक्रियावादी र प्रतिगामीका चलखेल र हरकतहरूको केही अर्थ नरहेको स्पष्ट पारे। प्रचण्डले निर्वाचन मात्रै तुलनात्मक रूपले अहिलेको सहज विकल्प भएको सुरुदेखि नै नेकपा निर्वाचनका बिषयमा दृढतापूर्वक अडिएको धारणा राखे।

देशभरि नेकपाको प्रचार अभियान अगाडि बढ्दै जाँदा बाँकी दिन युद्धस्तरमा खट्न सके एकपटक देशको नम्बर एक पार्टी बन्ने र देशमा एउटा नयाँ परिस्थिति बनाउन सम्भव रहेको दाबी उनको छ।

प्रकाशित: ९ फागुन २०८२ १७:२९ | Saturday, February 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast