भानुआटुमा गयो शक्तिशाली भूकम्प

हिमाल प्रेस २ फागुन २०८२ १३:०४ | Saturday, February 14, 2026
4
SHARES
भानुआटुमा गयो शक्तिशाली भूकम्प

प्रशान्त महासागर क्षेत्रमा पर्ने टापु राष्ट्र भानुआटु शनिबार शक्तिशाली भूकम्प गएको छ। छ दशमलव ४ म्याग्निच्युडको भूकम्प गए पनि हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको जानकारी प्राप्त भएको छैन।

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्र एस्पिरिटु सान्टो टापुको पोर्ट ओल्री गाउँबाट करिब ५० किलोमिटर (३१ माइल) पश्चिममा अवस्थित थियो। स्थानीय समयअनुसार भूकम्प शनिबार दिउँसो १ः३० बजे (०२ः३० जिएमटी) अघि गएको जनाइएको छ।

प्रशान्त सुनामी चेतावनी केन्द्रले भूकम्पपछि सुनामीको कुनै खतरा नरहेको जानकारी गराएको छ। पोर्ट ओर्लीस्थित समुद्रकिनार आवासगृहमा कार्यरत एन्जेलिक फ्रान्कले भूकम्प ‘धेरै ठुलो’ महसुस भएको बताए। उनका अनुसार कम्पन झण्डै एक मिनेटसम्म भएको थियो।

‘थाल, कचौरा र भाँडाकुँडा लामो समयसम्म हल्लिरहेका थिए, तर केही पनि भुइँमा खसेन’, उनले भने, ‘केही स्थानीय बासिन्दा चिन्तित देखिन्थे, तर अवस्था अहिले सामान्य नै छ।’ उनले आफ्नो वरपर कुनै स्पष्ट क्षति नदेखिएको जानकारी दिए। सम्बन्धित निकायहरूले अवस्थाको निगरानी गरिरहेका छन् र आवश्यक परे थप स्थलगत मूल्यांकन गरिने जनाइएको छ।

 

प्रकाशित: २ फागुन २०८२ १३:०४ | Saturday, February 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast