काठमाडौँ- वरिष्ठ अभिनेता सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिने भएको छ।
कलाकार संघका अनुसार ११ : ३० मा बोर्डमा राखिने भएको हो। उनको शव १ बजेसम्म बोर्ड परिसरमा राखिने छ। बोर्डमा श्रद्धाञ्जलीमा राख्नु अघि शवलाई पोस्टमार्टम गरिनेछ । ६८ वर्षीया थापाको हृदयाघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।
शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए ।
प्रकाशित: २५ माघ २०८२ १०:१३ | Sunday, February 8, 2026
प्रतिक्रिया



