ओएसआर डिजिटललाई युट्युबबाट डायमण्ड प्ले बटन

हिमाल प्रेस ८ फागुन २०८२ ११:२८ | Friday, February 20, 2026
44
SHARES
ओएसआर डिजिटललाई युट्युबबाट डायमण्ड प्ले बटन

काठमाडौँ- ओएसआर डिजिटल युट्युबबाट डायमण्ड प्ले बटन प्राप्त गर्ने नेपालकै पहिलो च्यानल बनेको छ।

नेपाली मनोरञ्जन क्षेत्रमा ओएसआरले फिल्म र म्युजिक इन्टरटेन्टमेन्ट अन्तर्गत १ करोड (१० मिलियन) सब्स्क्राइबर पार गरेवापत उक्त बटम पाएको हो।

ओएसआर डिजिटलले सञ्चालनको २५ वर्ष लामो यात्रामा भीसीडी र डीभीडीको युगदेखि डिजिटल प्लेटफर्मसम्मको रूपान्तरण पार गरेको छ।

यसले नेपाली फिल्म र गीत/संगीतलाई विश्वभर पुर्‍याउने डिजिटल अभियानलाई थप मजबुत बनाएको प्रबन्ध निर्देशक ओम अग्रवालले बताए।

उनले सम्पूर्ण दर्शक, कलाकार, संगीतकर्मी तथा टिमप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ परिष्कृत, गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरका सामग्री ल्याउने प्रतिबद्धता जनाए।

उनले भने, ‘दर्शकहरूको हरेक भ्यु, लाइक र कमेन्ट नै हाम्रो ऊर्जा हो। उहाँहरुको साथ र सहयोगले आज यो यात्रालाई विशाल परिवारमा रूपान्तरण गरेको छ।’

ओएसआर डिजिटलले नेपाली फिल्म, गीत/संगीत, वेब सिरिज तथा विविध मनोरञ्जनात्मक सामग्री नियमित सार्वजनिक गर्दै आइरहेको छ।

यसका साथै, ओएसआरका सहायक च्यानलहरू ओएसआर रियालिटी र ओएसआर मुभिज सञ्चालनमा छ।

प्रकाशित: ८ फागुन २०८२ ११:२८ | Friday, February 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast