बाल सुधारगृहमा अब बालिका मात्रै राखिने

हिमाल प्रेस २१ माघ २०८२ ११:४६ | Wednesday, February 4, 2026
4
SHARES
बाल सुधारगृहमा अब बालिका मात्रै राखिने

भक्तपुर- सानोठिमीस्थित बाल सुधारगृहमा रहेका १८ वर्षभन्दा माथिका ७५ बालबिज्याइँकर्तालाई नुवाकोटस्थित केन्द्रीय कारागार खम्पा क्याम्पमा स्थानान्तरण गरिएको छ।

बालगृहमा क्षमताभन्दा बढी १६९ बालबिज्याइँकर्ता रहँदै आएकामा गत ८ गते राति भएको झडप, आगजनी र तोडफोडका कारण यहाँको अधिकांश संरचनामा क्षति पुगेको थियो भने बालबिज्याइँकर्तालाई जिल्लाका अन्य प्रहरी हिरासतमा स्थानान्तरण गरिएका थिए।

पुनः सुधारगृहमा राख्न सक्ने अवस्था नरहेपछि नुवाकोट स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

बाल सुधारगृहमा रहँदै आएका १८ वर्षमाथिका ७५ बालबिज्याइँकर्तालाई नुवाकोटस्थित केन्द्रीय कारागार खम्पा क्याम्पमा स्थानान्तरण गरिएको उनले बताए।

सुधारगृृहमा २४ जना बालिकासमेत रहेका थिए। अठार वर्ष उमेर नाघेपछि बालबिज्याइँकर्तालाई कारागार चलान गर्ने कानुनी व्यवस्था नहुँदा ३५ वर्षसम्मका युवाहरूलाई समेत सुधारगृहमा राखिँदै आएको थियो।

एउटै सुधारगृहमा ३५ वर्ष उमेरसम्मका बालबिज्याइँकर्ता र बालिकासमेत रहँदा सुुरक्षामा चुनौती थपिएको, पटकपटक झडप हुँदा समस्या पर्दै आएको थियो।

प्रमुख जिल्ला अधिकारी ढकालले बाल सुधारगृहको मर्मत गरी बालिकाहरूलाई मात्रै राख्ने गरी व्यवस्थापन गर्ने तयारी भएको जानकारी दिए।

प्रकाशित: २१ माघ २०८२ ११:४६ | Wednesday, February 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast