जनताका सपना अब कांग्रेसले मात्रै पूरा गर्छ : उपसभापति भुसाल

हिमाल प्रेस १४ फागुन २०८२ १६:४१ | Thursday, February 26, 2026
4
SHARES
जनताका सपना अब कांग्रेसले मात्रै पूरा गर्छ : उपसभापति भुसाल

सुर्खेत- नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसाल गौतमले देशको समृद्धि र युवा, महिला, जनजाति, दलित समुदायको सपनालाई अब कांग्रेसले मात्रै पूरा गर्न सक्ने बताएकी छन्। नेपाली कांग्रेस कर्णाली प्रदेशले सुर्खेतमा बिहीबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेकी हुन्।

उपसभापति भुसालले कर्णाली क्षेत्रका १२ क्षेत्रका उम्मेदवारको इमान्दारिता, योजना र व्यक्तित्व हेरेर मतदान गर्न आग्रह गरेकी छन्। कर्णाली धेरै उम्मेदवार भए पनि उनले सबैको पृष्ठभूमि हेरेर मतदान गर्न आग्रह गरिन्।

उपसभापति भुसालले आफ्नो पार्टीले अगाडि सारेका सबै उम्मेदवार भ्रष्टाचार विरोधी र इमान्दार रहेको दाबीसमेत गरिन्। उनले कांग्रेस बदलिएर आएको र देशको नेतृत्व गर्न पार्टी सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको भन्दै प्रधानमन्त्री हुनका लागि कर्णालीका सबै क्षेत्रबाट कांग्रेसले चुनाव जित्नुपर्ने बताइन्।

कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले लोकतान्त्रिक अभ्यास अनुसार देश चलाउने उनले बताइन्। उनले यहाँका नागरिकले आफ्नो मतदातबाट नेपाली कांग्रेसलाई रुखमा मतदान गरेर कांग्रेसलाई जिताएर देशको विकासमा साथ दिन आग्रह गरिन्।

उनले कांग्रेस किसान, महिला, बालबालिका, युवाको केन्द्रविन्दु बन्न खोजेको भन्दै उनले त्यहाँ नागरिकलाई मतबाट अनुमोदन गराउन आग्रह गरिन्।

प्रकाशित: १४ फागुन २०८२ १६:४१ | Thursday, February 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast