टुचन मेसिन खस्दा एक जनाको मृत्यु, एक घाइते

हिमाल प्रेस २८ माघ २०८२ १५:२७ | Wednesday, February 11, 2026
26
SHARES
टुचन मेसिन खस्दा एक जनाको मृत्यु, एक घाइते

मकवानपुर- मकवानपुरको भीमफेदी गाउँपालिका-८, महादेवटार छोक्रेडाँडामा निर्माणाधीन काठमाडौँ–तराई मधेस द्रुतमार्गमा टुचन मेसिन तल खस्दा फास्ट ट्रयाकमा काम गर्ने एक मजदुरको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

फास्ट ट्रयाकको १ नम्बर पुलको खाडल खन्नेर खाल्डोबाट टुचनमा बसेर बाहिर आउने क्रममा एक्कासि उक्त मेसिनको ब्रेकफेल भई करिब २१ मिटर तल खस्दा टुचन मेसिनमा बसेका सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ निवासी २९ वर्षीय अर्जुन थिङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

सोही मेसिन खस्दा खाडलभित्र काम गरिरहेका सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–६ घर भएका ३७ वर्षीय जुल्फे तामाङ घाइते भएका र उपचारको लागि काठमाडौँतर्फ पठाइएको प्रहरी नायव उपरीक्षक बोगटीले बबताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ। रासस

प्रकाशित: २८ माघ २०८२ १५:२७ | Wednesday, February 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast