काठमाडौँ- चन्द्रागिरि नगरपालिका-२, नागढुंगास्थित ‘चेक प्वाइन्ट’बाट १२ लाखको चाँदीसहित एक जना पक्राउ परेका छन्।
वीरगञ्जबाट काठमाडौँ आइरहेको यात्रुवाहक बसमा शंका लागेर पर्साको फेटा गाउँपालिका–६ का आसु साबको झोला जाँच गर्दा गैरकानुनी रूपमा ल्याइएको करिब तीन किलो चाँदीका दाना फेला परेका नागढुंगास्थित प्रहरी प्रभागले जनाएको छ।
चाँदीसहित अभियुक्तलाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमसक्ष पेस गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले बताए।
प्रकाशित: ५ फागुन २०८२ १६:१७ | Tuesday, February 17, 2026
प्रतिक्रिया




