ओलीका झापा ५ का कमान्डर भन्छन् : यसपटकको मत देश जलाउनेलाई होइन बनाउनेलाई मत दिनुहोस्

हिमाल प्रेस २० माघ २०८२ ७:२७ | Tuesday, February 3, 2026
8
SHARES
ओलीका झापा ५ का कमान्डर भन्छन् : यसपटकको मत देश जलाउनेलाई होइन बनाउनेलाई मत दिनुहोस्

काठमाडौँ- नेकपा एमालेका केन्द्रीय सदस्य एवं झापा निर्वाचन क्षेत्र नम्बर ५ निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालले यो निर्वाचन मुलुक रहने कि नरहने बीचको भएकाले सबैले देश बचाउन लाग्नु पर्ने बताएका छन्।

झापाको गौरीगञ्जमा आज पार्टीको गौरीगञ्ज गाउँपालिका स्तरीय निर्वाचन प्रचार प्रसार समितिको घोषणा सभालाई सम्बोधन गर्दै उक्त धारण राखेकी हुन्। फागुन २१ गते हुने निर्वाचनमा तपाईले गरेको मतदानले मुलुक रहने कि नरहने निर्णय समेत गर्दैछ।

त्यसैले सबैले मतदान गर्दा देश ध्वस्त पार्ने कि निर्माण गर्नेको पक्षमा गर्ने हो सोचेर एमालेको देश बनाउने अभियानमा लाग्न आग्रह गरे। विगतका वर्षहरूमा जस्तो यो वा त्यो पार्टी हार्ने वा जित्ने निर्वाचन मात्र नभएको बताए। यो देशले जित्ने कि हार्ने भन्ने निर्वाचन भएको दाहालले बताए।

‘जबजब नेपामा ठूलो संकट आइलाग्छ, यो समयमा नेकपा एमालेको भूमिका महत्वपूर्ण रहदै आएको छ। त्यो २०६२/६३ को आन्दोलनमा होस् या भारतले लगाएको नाकाबन्दीको अवस्थमा होस् अथवा सबिधानसभाको निर्वाचन देखि सबिधान जारी गर्दाको अवस्था होस् एमालेको भूमिका निर्णायक रहेको इतिहास छ ।’ उनले भने।

केन्द्रीय सदस्य दाहालले अगाडि भने, ‘अहिले मुख्य चुनौती भनेको साइबर वार मार्फत जनतामा फैलाएको नकारात्मक भ्रम चिर्नु हो । यस्ता भ्रम चिरेर जनतालाई सत्यतथ्य कुरा पुर्याउन आवश्यक छ । यो काम हामीले हाम्रा पार्टी संगठन जनसंगठन मार्फत घरघरमा पुर्याउन सक्नुपर्छ।’

सोही कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य दीपक कार्कीले जे एनजी आन्दोलनपछि जनतालाई मोबाइल एप मार्फत जनता झुक्याउन केही परदेशी उम्मेद्वार आइरहेकाले मतदाता सचेत हुनु पर्ने बताए।

प्रकाशित: २० माघ २०८२ ७:२७ | Tuesday, February 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast