एकैदिन ११ ठाउँमा कार्यक्रम सम्बोधन गर्दैछन् ओली

हिमाल प्रेस २८ माघ २०८२ ८:१८ | Wednesday, February 11, 2026
8
SHARES
एकैदिन ११ ठाउँमा कार्यक्रम सम्बोधन गर्दैछन् ओली

झापा- नेकपा एमालेको अध्यक्ष एवं झापा क्षेत्र नं ५ का उम्मेद्वार केपी शर्मा ओली आज झापाको पूर्वी गौरादहका ११ ठाउँमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्दैछन्।पार्टीको गौरादह नगर कमिटीले दिएको जानकारी अनुसार ११ बजे गौरादहको चारालीबाट सुरु हुने कार्यक्रम अपरान्ह ५ बजे जयबहादुर अधिकारी टोलमा पुगेर समापन हुनेछ।

पार्टीले दिएको जानकारी अनुसार ११ :४५ बजे पेट्रोलपम्पमा,१२:३० बजे डिठा चौकमा,१ बजे हाँसखोरामा मतदातासँग भेटघाट कार्यक्रम राखिएको छ।

यसैगरी १:३० बजे मादलडाँडा हुँदै पुरानो ग्वालडुब्बा,२ बजे ठकठकेमा कार्यक्रम राखिएको छ । यस्तै २:३० बजे बैराती,३ बजे जुरोपानी र ३:३० बजे ग्वालडुब्बामा भेटघाट राखिएको छ । यस्तै ४:१५ बजे जामबाडी र ४:४५ बजे जयबहादुर अधिकारीको टोलमा कार्यक्रम राखिएको नगर कमिटी अध्यक्ष गजेन्द्र घिमिरेले जानकारी दिए।

अध्यक्ष ओलीले टोलटोलमा आयोजना गरिएका भेटघाटमा मतदाताका समस्या सुन्ने त्यसलाई सम्बोधनको प्रतिवद्धता जनाउने गर्ने भएका छन्। अध्यक्ष ओलीसँगको साक्षात्कारमा मतदाताले स्थानीय क्षेत्रमा भएक भौतिक,शिक्षा र स्वास्थ्यका असुविधाहरुलाई बढी उठाउने गरेका छन्। अध्यक्ष ओलीले हिजो पश्चिम गौरादहका बालबथान देखि स्कूलचौनसम्मका १० ठाउँमा मतदातासँग भेटघाट गरेका थिए।

प्रकाशित: २८ माघ २०८२ ८:१८ | Wednesday, February 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast