काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव भाँड्न खोजेको आरोप लगाएका छन्। उनले शनिबार झापामा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो आरोप लगाएका हुन्।
‘मलाई के लाग्छ भने रास्वपाले चुनाव जितिन्न भन्ने निष्कर्ष निकालेको छ। त्यसैले उसले कतै झन्डा जलाउने, कसैका झन्डामा अत्यन्तै अमर्यादित र अशोभनीय खालका व्यवहार देखाउने र तनाव बढाउन खोज्ने काम गरिरहेको छ।’
ओलीले यी गतिविधिले रास्वपा चुनाव भाँड्न सक्रिय रहेको अनुमान गर्न सकिने बताए। ‘यसको अर्थ हो, उनीहरू आफ्नो पक्षमा नतिजा आउँछ भने चुनाव लड्ने तर पक्षमा नतिजा आउँदैन भने चुनाव हुन नदिने खालको प्रवृत्तिमा देखिएका छन्’, ओलीले भने।
प्रकाशित: ९ फागुन २०८२ १६:२७ | Saturday, February 21, 2026
प्रतिक्रिया




