काठमाडौँ- निखिल उप्रेती र वर्षा शिवाकोटीको मुख्य भुमिकामा फिल्म ‘कस्तुरी’ बन्ने भएकाे छ। यही फिल्ममा अभिनेता निखिल र अभिनेत्री वर्षाले पहिलोपटक स्क्रिन सेयर गर्ने भएका छन्।
ललितपुरको बंगलामुखी मन्दिरमा मंगलबार बिहान शुभ मूर्हतसँगै फिल्मको छायांकन सुरु गरिएको छ। फिल्म ऋत बोहोराकाे निर्देशकमा बन्न लागेकाे हाे।
‘हामीले आजबाट नै छायांकन थालेका छौँ। यसको अधिकांश छायांकन काठमाडौं र आसपासका जिल्लामा हुनेछ।’ फिल्मले रहस्य, सस्पेन्स र अपराधका गहिरा तहलाई उजागर गर्ने उनले बताए।

फिल्ममा गौरव पहारी र हेना नगरकोटी विशेष भूमिकामा देखिनेछन्। साथै अन्य कलाकार शेखर चापागाईं, निर्मल शर्मा, नीशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बंञ्जन, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा, नेहा गौतम रहनेछन्।
निर्देशक बस्नेतकै कथा रहेको फिल्म टेन इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुनेछ। फिल्मका निर्माता धीरज कुमार अग्रवाल हुन्। फिल्म आलोक शुक्लाले छायांकन गर्नेछन्।



