कांग्रेसमा अनुहार नयाँ आए, भिजन आएन : पृथ्वी सुब्बा गुरुङ

हिमाल प्रेस २० माघ २०८२ १४:१५ | Tuesday, February 3, 2026
14
SHARES
कांग्रेसमा अनुहार नयाँ आए, भिजन आएन : पृथ्वी सुब्बा गुरुङ

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले जनताले नयाँ अनुहार नभइ नयाँ भिजन खोजेको बताएका छन्। प्रेस चौतारी नेपालले आयोजना गरेको निर्वाचन संवाद कार्यक्रममा बोल्दै गुरुङले कांग्रेस नयाँ भए भनिए पनि त्यस्तो नदेखिएको भनाइ छ।

‘कांग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन,’ गुरुङले भने, ‘कांग्रेसको विशेष महाधिवेशनपछि पनि उहाँहरुको सिद्धान्त, विचार र दर्शनमा कुनै फेरबदल भएको छैन। त्यसैले कांग्रेस यथा अवस्थामै छ।’

लामो इतिहास भएका पार्टीको सान्दर्भिकता नसकिने उनको भनाइ छ। ‘केही पार्टी र व्यक्तिले आफुलाई नयाँ अरुलाई पुराना भनेर आर‍ोप गरिरहेका छन्’ गुरुङले भने, ‘उनीहरु एजेन्डाविहीन हुन् । त्यही भएर उनीहरु पब्लिक फेस गर्न सकेका छैनन् ।’

प्रकाशित: २० माघ २०८२ १४:१५ | Tuesday, February 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast