अध्यापन अनुमतिपत्रका लागि नयाँ निवेदन ढाँचा सार्वजनिक

हिमाल प्रेस १३ फागुन २०८२ १०:५६ | Wednesday, February 25, 2026
16
SHARES
अध्यापन अनुमतिपत्रका लागि नयाँ निवेदन ढाँचा सार्वजनिक

काठमाडौँ- शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र प्राप्त गर्न तथा त्यसमा भएको विवरण सच्याउनका लागि निवेदन दिने आधिकारिक ढाँचा सार्वजनिक गरेको छ।

आयोगका अनुसार दफा ८ खण्ड (ग) बमोजिम अध्यापन अनुमतिपत्र प्राप्त गर्न चाहने उम्मेदवारले अनुसूची-१ अनुसार निवेदन दिनुपर्नेछ भने अनुमतिपत्रमा नाम, ठेगाना, तह वा अन्य विवरण फरक परेमा दफा ९ को उपदफा (१) अनुसार अनुसूची-२ बमोजिम विवरण सच्याउन निवेदन दिन सकिने व्यवस्था गरिएको छ।

अनुमतिपत्रका लागि निवेदन दिँदा नेपाली नागरिकताको प्रमाणपत्र, प्रवेशपत्र, तोकिएको न्यूनतम शैक्षिक योग्यताका प्रमाणपत्रहरू, तालिम प्रमाणपत्र (भएमा), हालसालै खिचिएको फोटो तथा विदेशी शैक्षिक संस्थाबाट योग्यता हासिल गरेको भए समकक्षताको प्रमाणपत्र संलग्न गर्नुपर्नेछ।

विवरण सच्याउनका हकमा नागरिकता, प्रवेशपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र आवश्यक परे स्थानीय तहको सिफारिस पत्र पेस गर्नुपर्ने आयोगले जनाएको छ।

निवेदकले पेस गरेका सम्पूर्ण विवरण सत्य भएको घोषणा गर्नुपर्ने र झुटा ठहरिएमा कानुनबमोजिम कारबाही सहनुपर्ने व्यहोरा पनि उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्रकाशित: १३ फागुन २०८२ १०:५६ | Wednesday, February 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast