नेप्से परिसूचकमा सुधार, कारोबार रकम चार अर्ब बढी

हिमाल प्रेस १२ फागुन २०८२ १७:२० | Tuesday, February 24, 2026
6
SHARES
नेप्से परिसूचकमा सुधार, कारोबार रकम चार अर्ब बढी

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव ६२ अंकले बढेर दुई हजार ६३८ दशमलव ६० को बिन्दुमा कायम भएको छ।

आज ३२८ कम्पनीका ९३ लाख ६४ हजार ९३८ कित्ता सेयर ४९ हजार ९३ पटक खरिदबिक्री हुँदा रु चार अर्ब २३ करोड २४ लाख सात हजार ६१३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

सबै समूहका उपसूचक बढेका छन्। बैंकिङ शून्य दशमलव ३०, विकास बैंक एक दशमलव ११, वित्त शून्य दशमलव ६४, होटल तथा पर्यटन दुइ दशमलव ०२, जलविद्युत् एक दशमलव २७, र लगानी समूह शून्य दशमलव ६१ प्रतिशतले बढेका छन्।

जीवन बीमा समूह शून्य दशमलव ७०, उत्पादन तथा प्रशोधन एक दशमलव ७६, लघुवित्त शून्य दशमलव ७९, म्युचुअल फन्ड शून्य दशमलव ०९, निर्जीवन बीमा शून्य दशमलव ५२, व्यापार एक दशमलव ४९, र अन्य समूह शून्य दशमलव ३३ प्रतिशतले बढेका छन्।

सलपा विकास बैंक लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने नेपाल एसबिआई बैंक लिमिटेडको सेयर मूल्य तीन दशमलव ५८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एसवाई प्यानल नेपाल लिमिटेडको रु ३७ करोड ७२ लाख ९१ हजार ३२० बराबरको खरिदबिक्री भएको छ।

त्यस्तै, कारोबार भएका सेयर संख्याका आधारमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडका छ लाख ९७ हजार १४८ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ।

प्रकाशित: १२ फागुन २०८२ १७:२० | Tuesday, February 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast