बदलिँदो विश्व परिवेशमा सार्क आवश्यक मात्र नभई अनिवार्य भएको नेपालको सुझाव

हिमाल प्रेस २९ माघ २०८२ ८:०७ | Thursday, February 12, 2026
6
SHARES
बदलिँदो विश्व परिवेशमा सार्क आवश्यक मात्र नभई अनिवार्य भएको नेपालको सुझाव

काठमाडौँ- नेपालले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र नभई अनिवार्य भएको बताएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) कार्यक्रम समितिको ६२औँ बैठकमा परराष्ट्र सचिव तथा सार्क स्थायी समितिका अध्यक्ष अमृतबहादुर राईले उक्त कुरा बताएका हुन्।

आजको विश्वव्यापी चुनौती र अनिश्चितताका बीचमा क्षेत्रीय सहयोग आवश्यक मात्र नभई अनिवार्य भएको भन्दै उनले राष्ट्रिय प्रयास र विश्वव्यापी प्रक्रियाबीच सेतुका रूपमा क्षेत्रीय सहकार्य अत्यावश्यक भएको बताए। सार्कका महासचिव गोलाम सरवारले सार्कले चार दशकमा हासिल गरेका उपलब्धिको स्मरण गर्दै क्षेत्रीय सहकार्यको आकांक्षालाई व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए।

आज समापन हुने बैठकले सार्क सचिवालयको बजेट र कार्यक्रमहरू अनुमोदन गर्नेछ । बैठकमा बंगलादेश, भूटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका वरिष्ठ अधिकारीहरू सहभागी छन्।

प्रकाशित: २९ माघ २०८२ ८:०७ | Thursday, February 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast