बैतडी बस दुर्घटनाका घाइतेको नि:शुल्क उपचार गर्न सरकारलाई कांग्रेस सभापति थापाको आग्रह

हिमाल प्रेस २३ माघ २०८२ ११:१७ | Friday, February 6, 2026
28
SHARES
बैतडी बस दुर्घटनाका घाइतेको नि:शुल्क उपचार गर्न सरकारलाई कांग्रेस सभापति थापाको आग्रह

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पूर्वौडी नगरपालिकामा भएको बस दुर्घटनामा घाइते भएका यात्रुहरूको शीघ्र, प्रभावकारी र उचित उपचारको प्रबन्ध गर्न सरकारसँग आग्रह गरेका छन्।

आज शोक वक्तव्य जारी गर्दै सभापति थापाले उक्त दुर्घटनामा १३ जनाको असामयिक निधन भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्यलाभका लागि विशेष ध्यान दिन सरकारलाई आग्रह गरेका हुन्।

उनले भने, ‘यस पीडादायी घडीमा घाइतेहरूको जीवनरक्षा र उपचार पहिलो प्राथमिकता हुनुपर्छ। उहाँहरूको उचित उपचारको प्रबन्ध मिलाउन सरकारसँग आग्रह गर्दछु।’

थापाले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना गरेका छन् भने शोकाकुल परिवारजनप्रति नेपाली कांग्रेस र आफ्नो तर्फबाट गहिरो समवेदना व्यक्त गरेका छन्।

बिहीबार राति ८ बजे पुर्चौडी नगरपालिका-७ को भौनीबाट दुलही लगेर फर्किएको जन्ती बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको थियो।

पवनदूत यतायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। ३४ जना घाइते भएका छन्।

प्रकाशित: २३ माघ २०८२ ११:१७ | Friday, February 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast