‘ग्रे लिस्ट’मा नेपाल, चुनौतीसँगै अवसर पनि

हिमाल प्रेस २८ माघ २०८२ १५:२६ | Wednesday, February 11, 2026
‘ग्रे लिस्ट’मा नेपाल, चुनौतीसँगै अवसर पनि फाइल तस्बिरः दिपेश श्रेष्ठ।

काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले नेपाल अन्तर्राष्ट्रिय वित्तीय निकाय फाइनान्सियल एक्सन टाक्सफोर्सको ‘ग्रे लिस्ट’ पर्नु चुनौती पूर्ण भए पनि मुलुकको सम्पत्ति शुद्धीकरण संयन्त्र सुधार्ने ठूलो अवसरका रूपमा लिनुपर्ने बताएका छन्।

राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण रोकथाम तथा सुपरिवेक्षण विभागद्वारा आयोजित सम्पत्ति शुद्धीकरण तथा आतंकवादलाई वित्तीय सहयोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा उनले यो अवसरका रूपमा पनि रहेको बताए।

‘यसले हामीलाई आन्तरिक संयन्त्र सुदृढ, पारदर्शी र विश्वव्यापी मापदण्डअनुसार बनाउनुपर्ने पाठ सिकाएको छ,’ उनले भने।

अत्याधुनिक प्रविधि प्रयोग गरी वित्तीय अपराध गर्ने प्रवृत्ति बढ्दै गएको बताउँदै त्यसलाई नियन्त्रण गर्न सुपरिवेक्षण संयन्त्रलाई थप स्रोतसाधन सम्पन्न बनाउनुपर्ने पनि उनले बताए।

‘त्यसका लागि भोली समस्या परेपछि गरौँला भनेर वा घटनापछि प्रतिक्रियात्मक भएर हुँदैन, पूर्वतयारी गर्नुपर्छ,’ उनले भने।

कानुनी छिद्र प्रयोग गरी वित्तीय अपचलन र अपराध गर्ने चलन बढेकाले सबै यसप्रति सचेत हुनुपर्नेमा गभर्नर पौडेलले जोड दिए।

मुलुकलाई स्वास्थ्य र शिक्षामा खर्च गर्नुपर्ने रकम यस्ताको रोकथाममा लगाउन बाध्य बनाउनुको साथै सामाजिक र वर्गीय विभेदलाई गहिराउने धारणा पनि उनको थियो। बिहीबारसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल, भारत, श्रीलंका बंगलादेश र मंगोलियाका केन्द्रीय बैंकका अधिकारीहरू सहभागी छन्।

प्रकाशित: २८ माघ २०८२ १५:२६ | Wednesday, February 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast