नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै

हिमाल प्रेस २९ माघ २०८२ १५:०५ | Thursday, February 12, 2026
10
SHARES
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै

काठमाडौँ- आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा इटलीविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ।

भारतको मुम्बईस्थित वानखेडे मैदानमा इटलीका निमित्त कप्तान ह्‍यारी मानेन्तीले टस जितेर पहिले बलिङको निर्णय गरेका हुन्। नियमित कप्तान वायन म्याड्सेन चोटका कारण खेल्ने छैनन्।

नेपालले पहिलो खेलमा इंग्ल्यान्डसँग हार बेहोरेको थियो। इटली पनि पहिलो खेलमा स्कटलयान्डसँग पराजित भएको थियो।

नेपालले आजको खेलका लागि एक परिवर्तन गरेको छ। शेर मल्लको स्थानमा ललित राजवंशी टोलीमा आएका छन्। नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, लोकेश बम, करण केसी, नन्दन यादव, ललित राजवंशी, सन्दीप लामिछाने छन्।

प्रकाशित: २९ माघ २०८२ १५:०५ | Thursday, February 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast