इंगल्यान्डविरुद्ध बलिङ गर्दै नेपाल

हिमाल प्रेस २५ माघ २०८२ १५:०२ | Sunday, February 8, 2026
10
SHARES
इंगल्यान्डविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौँ- टी-२० क्रिकेट विश्वकपअन्तर्गत पहिलो खेलमा नेपालले इंगल्यान्डविरुद्ध बलिङ गर्ने भएको छ। मुम्बईस्थित वानखेडे मैदानमा सवा ३ बजे सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ गर्न लागेको हो।

यो नेपाल र इङ्ल्यान्डबीच पहिलो पटकको प्रतिस्पर्धा हो। इंग्ल्यान्ड पछिल्लो पटक अमेरिकामा भएको विश्वकपको सेमिफाइनल खेलेको थियो। नेपाल भने समूह चरणबाट माथि बढ्न सकेको थिएन।

इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुक छन् भने नेपालका कप्तान रोहित पौडेल छन्। पौडेलले इङ्ल्यान्डविरुद्धको पहिलो भेटमा उच्च मनोबलले खेल्ने बताएका छन्। समूह सीमा नेपाल र इङ्ल्यान्डसँगै इटाली, वेष्ट इन्डिज र स्कटल्यान्ड रहेका छन्।

प्रकाशित: २५ माघ २०८२ १५:०२ | Sunday, February 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast