चुनावको मुखमा नेताकार्यकर्तालाई धमाधम कारबाही गर्दै नेकपा

हिमाल प्रेस ६ फागुन २०८२ १०:५६ | Wednesday, February 18, 2026
6
SHARES
चुनावको मुखमा नेताकार्यकर्तालाई धमाधम कारबाही गर्दै नेकपा

सिन्धुली- चुनावको मुखमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र अनुशासनको कारबाही शृंखला तीव्र बनेको छ।

सिन्धुली निर्वाचन क्षेत्र नं. २ मा पार्टीका जिल्ला इन्चार्ज बुद्धिमान माझी र जिल्ला संयोजक पानीराज बम्जनलाई जिम्मेवारीबाट हटाइएको छ।

पार्टी हितविपरीत गतिविधि गरेको ठहर गर्दै नेकपाको बागमती प्रदेश कमिटीले उनीहरूलाई सबै जिम्मेवारीबाट मुक्त गरेको जनाएको छ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सिन्धुली-२ का आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) विरुद्ध बागी उम्मेदवारलाई सघाएको आरोप उनीहरूमाथि लागेको छ।

प्रदेश कमिटीका संयोजक सरल सहयात्री पौडेलका अनुसार आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी खडा गरी त्यसका पक्षमा खुलेआम मत माग्ने गतिविधि गरिएको पाइएपछि अनुशासनको कारबाही गरिएको हो।

‘पटकपटक औपचारिक तथा अनौपचारिक रूपमा दिइएको निर्देशनलाई बेवास्ता गर्दै पार्टी अनुशासन उल्लंघन गरिएकाले जिम्मेवारीबाट मुक्त गरिएको हो,’ उनले बताए।

नेकपाबाट टिकट नपाएपछि सिन्धुली-२ मा महेश्वर दाहालले बागी उम्मेदवारी दर्ता गराएका छन्। जिल्ला संयोजक बम्जन र इन्चार्ज माझी बागी उम्मेदवार दाहालका पक्षमा मत माग्दै हिँडेको पुष्टि भएपछि प्रदेश कमिटीले कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

 

प्रकाशित: ६ फागुन २०८२ १०:५६ | Wednesday, February 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast