एनसेलको फाइबर जडान गर्न बनाएको खाल्डोमा पसेर कर्मचारीको निधन

हिमाल प्रेस २४ माघ २०८२ ६:४६ | Saturday, February 7, 2026
10
SHARES
एनसेलको फाइबर जडान गर्न बनाएको खाल्डोमा पसेर कर्मचारीको निधन

झापा- झापाको शिवसताक्षी नगरपालिका ११ मा माटोको ढिस्कोले पुरिएर शुक्रबार एनसेलका कर्मचारीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय (झापा) का प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार माटोको ढिस्कोले पुरिएर सिराहाको लहान बस्ने ३५ वर्षीय रमेशकुमार यादवको मृत्यु भएको हो।

शिवसताक्षी ११ सतासी खोलाको शाखा कल्भर्टमा एनसेलको फाइबर जडान गर्न बनाएको खाल्डोमा पसेर काम गरिरहेका बेला यादवलाई माटोको ढिस्को खसेर पुरेको हो।घाइते यादवलाई स्थानीयको सहयोगमा दमकस्थित दमक अस्पताल लगिएको थियो।

तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: २४ माघ २०८२ ६:४६ | Saturday, February 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast