नेशनल लाईफद्वारा अभिकर्ताहरूलाई एकदिने तालिम

हिमाल प्रेस १८ माघ २०८२ २०:२१ | Sunday, February 1, 2026
2
SHARE
नेशनल लाईफद्वारा अभिकर्ताहरूलाई एकदिने तालिम

काठमाडौँ- नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरूका लागि पोखरामा एकदिने व्यावसायिक तालिम कार्यक्रम सञ्चालन गरेको छ।

कम्पनीले मासिक योजना ‘मन्थन २०८२’ अन्तर्गत तोकिएको व्यवसाय पूरा गरी छनोट भएका गण्डकी प्रदेशका सबै शाखा कार्यालय तथा लुम्बिनी र बागमती प्रदेशका केही शाखा कार्यालयमा आवद्ध १८५ जना अभिकर्तालाई तालिम प्रदान गरिएको हो।

कार्यक्रममा बिमा क्षेत्रका चर्चित प्रशिक्षक काजिम रजाले प्रशिक्षण दिएका थिए। प्रशिक्षणका क्रममा उनले एमडीआरटी, सिओटी र टिओटी लक्ष्य हासिल गर्न अपनाउन सकिने विभिन्न रणनीतिक, फरक तरिकाले बजारमा प्रस्तुत हुने सीप तथा व्यावसायिक दक्षता अभिवृद्धिका विषयमा विस्तृत जानकारी गराएका थिए।

कार्यक्रममा कम्पनीकी उपप्रमुख कार्यकारी अधिकृत स्मृति राज कँडेलले यस्ता तालिमले अभिकर्ताहरुको मनोबाल वृद्धि भई व्यावसायिक लक्ष्य प्राप्त गर्न सहयोग पुग्ने बताए। उक्त अवसरमा शाखा स्तरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल अभिकर्ताहरूलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो।

त्यसैगरी एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतारी प्रतिस्पर्धात्मक बजारमा आफूलाई अब्बल सावित गर्ने विश्वास व्यक्त गरे।

पोलिसी सर्भिसिङ विभाग प्रमुख सुस्मिता राणाले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा सहभागी अभिकर्ताहरूले यस्तो स्तरीय तालिमले मनोबल उच्च बनाएको बताएका थिए।

प्रकाशित: १८ माघ २०८२ २०:२१ | Sunday, February 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast