राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित

हिमाल प्रेस २८ माघ २०८२ १६:५७ | Wednesday, February 11, 2026
12
SHARES
राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित

काठमाडौँ- राष्ट्रियसभाबाट ‘चलचित्र विधेयक २०८१’ सर्वसम्मतले पारित भएको छ।

सिंहदरबारमा बुधबार बसेको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीको तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले ‘चलचित्र विधेयक २०८१’ पारित गर्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो। यसअघि बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित चलचित्र विधेयकमाथि छलफल भएको थियो।

विधेयकमा २०२६ सालमा बनेको चलचित्र ऐनलाई समयसापेक्ष परिमार्जन गरी संघीय संरचना र नयाँ प्रविधिअनुरुप बनाउने उल्लेख छ।

प्रकाशित: २८ माघ २०८२ १६:५७ | Wednesday, February 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast