नारायणमान बिजुक्छेले भने : गलत कानुन बनेमा संसद्मा लडेर भए पनि परिमार्जन गर्नुपर्छ

हिमाल प्रेस १८ माघ २०८२ ९:५३
10
SHARES
नारायणमान बिजुक्छेले भने : गलत कानुन बनेमा संसद्मा लडेर भए पनि परिमार्जन गर्नुपर्छ फाइल तस्बिर-रासस

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसदमा देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै पठाउनुपर्ने बताएका छन्। नेपाल मजदुर किसान पार्टीको ५२औँ स्थापना दिवसका अवसरमा आज यहाँ कानुन अध्ययन समाजले आयोजना गरेको ‘न्याय दृष्टि’ पुस्तक सार्वजनिक गर्दै उनले जनताको आफ्नो सही प्रतिनिधि चयन गर्न मतदाताको चेतनास्तरमा पनि वृद्धि हुनुपर्ने बताए।

अध्यक्ष बिजुक्छेले भने, ‘जनताले मतदानमार्फत देश र जनताको हितमा काम गर्ने पार्टी र व्यक्तिलाई संसद्मा पठाउनुपर्छ, तब मात्र देश र जनताको हितमा काम हुन सक्छ । मतदान गर्नुअगाडि उम्मेदवारको पृष्ठभूमि हेरेर, उसको क्षमता बुझेर मात्रै मतदान गर्नुपर्छ। जनताको चेतनास्तर सुध्रन आवश्यक छ।’

देशको पक्षमा कानुन बन्न नसके संकट आउने भन्दै उनले गलत कानुन बनेमा संसद्मा लडेर भए पनि परिमार्जन गर्नुपर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast