काठमाडौँ- आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभर कुल १ करोड ८९ लाख ३ हजार ६८९ जना मतदाता दर्ता भएका छन्।
दर्ता मतदातामध्ये पुरुष ९६ लाख ६३ हजार ३५८, महिला ९२ लाख ४० हजार १३१ र अन्य २०० जना रहेका निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन प्रयोजनका लागि देशभर १० हजार ९६७ मतदान स्थल तोकिएका छन्। ती स्थलमा जम्मा २३ हजार ११२ मतदान केन्द्र रहने आयोगले जनाएको छ।
सूची
प्रकाशित: २० माघ २०८२ १६:३८ | Tuesday, February 3, 2026
प्रतिक्रिया



